कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। विश्वकपमा आज समूह सी र समूह डीका खेल हुन् छन्।
आजको पहिलो खेलमा समूह डी का ट्युनिसिया र अष्ट्रेलियाबीच हुनेछ। यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा समूह सीका पोल्याण्ड र साउदी अरेबियाबीच साँझ ६ः४५ बजे आपसमा प्रतिस्पर्धामा उत्रिने छन्।
यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ को यो खेल खेल राति ९ः४५ बजे सुरु हुनेछ। भने आजको अन्तिम खेलमा १२ः४५ बजे अर्जेन्टिना र मेक्सिको भिड्ने छन्।
समूस सीमा अर्जेन्टिनालाई हराएको साउदी अरेबिया शीर्ष स्थानमा छ। बरारबी खेलेका पोल्यान्ड र मेक्सिको दोस्रो र तेस्रो स्थानमा छन्। अर्जेन्टिना पुछारमा छ। साउदी पोल्यान्डलाई हराउँदै पहिलो पटक नकआउट चरण पुग्ने दाउमा छ। पहिलो खेलमा अर्जेन्टिनालाई हराएकाले उ उत्साहित पनि छ। यता, पोल्यान्ड पनि साउदीलाई हराउँदै नकआउट पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । त्यसैले खेल प्रतिस्पर्धात्मक हुने छ।
यता, साउदीसँगको अप्रत्यसाहित हारलाई बिर्सँदै अर्जेन्टिना मैदान उत्रने छ । उसको पनि लक्ष्य जित नै हुने छ, किनभने पराजित भए ऊ प्रतियोगिताबाट बाहिरिने छ। मेक्सिको पनि अर्जेन्टिनालाई हराउँदै नकआउट पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। दुई अमेरिकी मुलुकको खेल प्रतिस्पर्धात्मक हुने छ।
समूह डीमा फ्रान्सले ३ अंक जोड्दा ट्युनिसिया र डेनमार्क समान एक अंक जोड्का छन्। ट्युनिसाया अस्ट्रेलियाविरुद्ध जित निकाल्दै नकआउट नजिक पुग्न चाहन्छ भने अस्ट्रेलिया पनि जित निकाल्दै अन्तिम १६का आशा जीवितै राख्ने दाउमा हुने छ।
यता, डिफेन्डिङ च्याम्पियन फ्रान्स र डेनमार्कबीचकोल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । फ्रान्सलगातार दोस्रो जितसहित नकआउट चरण पुग्ने लक्ष्यमा हुँदा डेनमार्क फ्रान्सलाई हराउँदै नकआउट नजिक पुग्न चाहन्छ । तर, उसलाई फ्रान्ससँग बराबरीमा सुखद् नै हुने छ । किनभने उसले अन्तिम खेलमा कमजोर देखिएको अस्ट्रेलियासँग खेल्ने छ।