वर्ल्ड स्कुल स्पोर्ट्समा सहभागी नेपाली टिम फर्कियो

Read Time:1 मिनेट

आईएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गर्ल्स सिमानी लामाले कांस्य जिते । दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए ।

पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आईएसएफ डेलिगेटका रुपमा सहभागी राजकुमार कार्कीले जनाएका छन् । उनका अनुसार गेम्स विभिन्न ३५ राष्ट्रका ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । टोली खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएलका लागि काठमाडौंले भित्र्यायो अफगानी ब्याट्सम्यान
Next post नयाँ प्रशिक्षकको खोजीमा बार्सिलोना
Close