वर्ल्ड टेनिस टुरमा देबसिश र मार्तालाई स्वर्ण

Read Time:2 Minute

भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा मार्ताले आफ्नै बहिनी मराल्गुलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन्।

गर्ल्स डबल्समा भने दिदीबहिनी मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेको थियो । ब्वाइज डबल्समा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी पहिलो भएको थियो।

विजेतालाई आयोजक नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज÷गल्र्स गरी ६४ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । त्यसका लागि छनोट प्रतियोगिता शनिबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । ब्वाइज÷गल्र्समा समान ३२–३२ खेलाडी छनोट हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यान्सरविरुद्ध वृहस्पति विद्या सदनको वाकाथन
Next post शीर्ष स्थानको आर्सनल एभर्टनसँग पराजित
Close