
विश्व महिला बक्सिङमा चार नेपाली खेलाडी सहभागी हुने
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी भिड्ने भएका छन्। अन्तर्राष्ट्रिय बक्सिङ संघले आयोजनामा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकाबाट सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले सहभागी ता जनाउने छन्।र
मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ।
प्रतियोगितामा सुष्माले ४८ केजी, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनम रावलले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी ४ जना खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्।
जसमध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन्। रावलले जितेको पदक १२ वर्ष पछि नेपालले जितेको पदक हो। १२ वर्ष पहिला हालका आइबा थ्रीस्टार कोच दिपक महर्जनले कास्य पदक तेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन्।
प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन्। प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमशस् एक लाखऽ ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन्।