°
, June 7, 2023 in
अन्तर्राष्ट्रिय फुटबलफुटबलविश्वकप २०१८समाचार
0

विश्वकप पुरस्कार राशी पहिलेभन्दा कति बढी र कसले कति पाए ? (इन्फोग्राफिक्ससहित)

SHARE:

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ । आइतबार मस्कोमा सम्पन्न फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन डलर अर्थात ४ अर्ब १७ करोड १२ लाख ६० हजार नेपाली रूपैयाँ प्राप्त गरेको छ ।

दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर अर्थात ३ अर्ब ७ करोड ३५ अर्ब ६० हजार नेपाली रुपैयाँ जितेको छ । त्यस्तै, तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर (२ अर्ब ६३ करोड ४४ लाख ८० हजार नेपाली रुपैयाँ) र चौथो भएको इंल्याण्डले २२ मिलियन डलर (२ अर्ब ४१ करोड ४९ लाख ४० हजार नेपाली रुपैयाँ) पाएको छ ।

विश्वकप २०१८ को कुल पुरस्कार राशी ४ सय मिलियन डलर रहेको छ । ब्राजिलमा भएको सन् २०१४ को विश्वकपको पुरस्कार राशी ३ सय ५८ मिलियन डलरमात्र थियो ।

कसले कति पाए ?

क्वार्टरफाइनलबाट बाहिरिने ४ राष्ट्र ब्राजिल, उरुग्वे, स्विडेन र आयोजक रुसले १६–१६ मिलियन डलर पुरस्कार पाएका छन् । त्यस्तै, प्रिक्वार्टरफाइनलबाट बाहिरिने ८ टिम पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विट्जरल्याण्ड र कोलम्बियाले १२–१२ मिलियन अमेरिकी डलर पुरस्कार पाए ।

यसैगरी, समूह चरणबाट बाहिरिने १६ टिम, साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, सर्बिया, कोस्टारिका, आइसल्यान्ड, नाइजेरिया, दक्षिण कोरिया, जर्मनी, पानामा, पोल्यान्ड, ट्युनिसिया र सेनेगलले ८–८ मिलियन डलर पाएका छन् ।

विश्वकप २०१८ मा छनोट भएका ३२ वटै देशले तयारी खर्चका रुपमा विश्वकप सुरु हुनु अगावै १.५ मिलियन डलर पाएका थिए ।

यसअघि ब्राजिलमा भएको विश्वकपमा छनोट भएका देशले १ मिलियन तयारी खर्च पाउँथे । समूह चरणबाटै बाहिरिने टिमले भने ८ मिलियन नै पाउँथे । त्यस्तै, प्रिक्वार्टरफाइनलबाट बाहिरिनेले ९ मिलियन पाएका थिए भने क्वार्टरफाइनलबाट बाहिरिनेलाई १४ मिलियन दिइएको थियो । यसैगरी, चौथो हुनेलाई १८ मिलियन, तेश्रो हुनेलाई २० मिलियन, उपविजेतालाई २५ मिलियन र विजेतालाई ३५ मिलियन पुरस्कार दिइएको थियो । (थप जानकारी  माथीको इन्फोग्राफिक्समा)

ब्राजिलमा भएको सन् २०१४ को विश्वकपको तुलनामा रुस विश्वकपका सहभागीलाई दिइने रकम ४०% ले बढी हो भने पुरस्कार राशी ११.७% ले बढाइएको हो ।

सन् २००२ देखि सन् २०१८ सम्मका विश्वकपमा सहभागीलाई दिइने रकममा आएको वृद्धि माथिको इन्फोग्रफिक्समा देखाइएको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *