भारतमा हुने वुमन्स प्रियिमर लिगमा ५ क्रिकेटरले दर्ता गराए नाम

Read Time:1 Minute

भारतका आयोजना हुने पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल)का लागि ५ नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आयोनजा गर्न लागेको प्रतियोगिताको अक्नसका लागि नेपाली राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री, अलरान्डर सीता रानामगर, कविता कुँवर, फास्ट बलर, अश्मिना कर्मार्चा र व्याट्सम्यान इन्दू बर्माले नाम दर्ता गराएका हुन्।

प्रतियोगितामा सहभगाी प्रत्येक टिमले १ एसोसियट्स खेलाडी किन्नै पर्ने नियम भएकाले डब्लुपिएलमा नेपाली खेलाडी बिक्री सम्भावना प्रवल छ।

मार्च ४ बाट सुरु हुने प्रतियोगिताको अक्सनका लागि लागि ५ खेलाडीसहित १५ सय खेलाडीले नाम दर्ता गराएका छन्। अक्नसमा सहभागी हुने खेलाडीको अन्तिम सूची यसैसाता सार्वजनिक हुनेछ।

फ्रेबुअरी १३ मा मुम्बईमा हुने अक्सनमा ५ टिमले ९० खेलाडीमाथि बोली लगाउने छन्। प्रत्येक टिमले अक्सनबाट कम्तिमा १५ र बढीमा १८ खेलाडी किन्ने छन्।

बिसिसिआईले डब्लुपीएलका पाँच टोली ४६६९.९९ करोड भारुमा विक्री गरेको थियो ।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टोटनहमका सन बने आठौं पटक एसियाका सर्वोत्कृष्ट खेलाडी
Next post भारतमाथि सानदार जित निकाल्दै नेपाल यू–२० महिला साफको फाइनलमा
Close