भाेलि भृकुटीमण्डपमा रेस्सलरहरूको भीडन्त

Read Time:1 Minute

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप हुने भएको छ। नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गर्न लागेको च्याम्पियनसिप शनिबार हुनेछ।

ुचैते दसौं तथा नयाँ वर्षको अवसर पारेर शुभकामना आदनप्रदान गर्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप अयोजना गरिएको फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले बताइन्। उनका अनुसार प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका खेलाडीको सहभागीता रहनेछ।

च्याम्पियनसिपमा अमेरिकी खेलाडी पेड्रो ओर्टेगा, पाकिस्तानका शेर खान तथा भारतका अमित था अस्ससियनको सहभागीता रहने छन्। यस्तै नेपालबाट हिमालयन टाइगर, भगवत खड्का, अस्मिता जुरेली, नेपाली ब्रो, कम्ब्याट किङ, सपना माझी, स्नेहा थापामगर, सपना गोपाली, मनीषा रानाभाटलगायलको सहभागीता रहनेछ।

अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिपको निर्णायकमा गुणराज रुचाल रहने छन् । शनिबार दिउँसो १२ बजेदेखि ४ सम्म चल्ने रेस्लिङ च्याम्पियनसिपको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने अध्यक्ष खड्काले जानकारी दिइन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बी डिभिजनका दुई खेल दशरथ रंगशालामा
Next post तेवातियाले अन्तिम २ बलमा छक्का प्रहार गरेपछि पञ्जाबमाथि गुजरातको जित
Close