होलीमा सल्लाघारीमा रेस्लिङ हुने

Read Time:1 Minute

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुने भएको छ ।

होलीको अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्काले जानकारी दिइन् ।

नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा ९नेपाली ब्रो०, हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यति लगायतले प्रतिस्पर्धा गर्ने छन् ।

भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा ९सादिका० रिङमा उत्रने छन् ।

विभिन्न ५ स्पर्धामा भिडन्त हुने अध्यक्ष अध्यक्ष भगवती खड्काले बताइनृ । उनका अनुसार पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको हो।

भरत विसुराल (हिमालयन टाइगर) निर्णायकमा हुनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिग हेर्न अपांगता भएका र जेस्ठ नागरिकलाई पैसा नलाग्ने
Next post मैत्रीपूर्ण खेलका लागि ब्राजिलियन टिम घोषणा, युवा खेलाडीलाई मौका
Close