राष्ट्रिय रिङ रेस्लिङ : उपाधिका लागि नुवाकोटे टाइगर र डेविड भिड्ने

दोश्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधिका लागि नुवाकोटे टाइगर र डेविड भिड्ने भएका छन् । शुक्रबार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबीवेटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथी पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए ।

डेविडले आफ्ना प्रतिद्धन्दी साईनलाई पराजित गर्न निक्कै पसिना बगाउनु परेको थियो । साईनले डेविडलाई लगभग पराजित गरि सकेका अवस्थामा रेफ्रिको तीन काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अन्तिम समयमा डेविडले साईनमाथी सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए ।

लाईट वयटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गर्‍यो । ३ फिट ९ इन्च मात्र उचाई भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडीबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।

ठगु र द युगबीचको हाडकोट (खतरनाक) खेल भएको थियो । युगले फलामको चेनद्धारा ढाडमा प्रहार गरे पछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरि टाउकामा पटक पटक प्रहार गरे पछि युग रक्ताम्य भएका थिए । रिङ बाहिर धारासाही हुनेगरि पिटेर रिङमा ल्याए पछि रेफ्रिले तीन काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए । घाईते भएका युगले पुन खेलमा फर्कदै ठगुलाई धारासाही बनाएर तीन काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रिलाईनै तानेर पछारेका थिए ।

त्यसपछि रिङमा युगका पाटनर पनि आए पछि ठगु टोली रिङबाट बाहिरिएको थियो । उक्त खेल पून शनिवार हुनेछ महिलाहरुका त्रिकोणीय खेलमा दीलासाले बाजी मारिन् । तनु र डेनिका मिलेर दीलासालाई पिटेर धारासाही बनाउदै रिङ बाहिर पठाएका थिए । त्यसपछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेट पश्चात रिङमा प्रवेश गरेकी दीलसाले दुवैलाई हराएकी थिइन् ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । राखेप सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिईन् ।

सो अवसरमा राखेप कार्यकारी सदस्य एकेन्द्र कुवँर,सदस्यहरु पुरेन्द्रविक्रम लाखे,हरि खड्का,राजेश गुरुङ,सम्पन्न श्रेष्ठ,गण्डकी प्रदेशका खेलकुद् परिषद्का सदस्य सचिव तेज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.