बार्सिलोनाले आफ्ना पूर्वखेलाडी जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक बनाएको छ। बार्सिलोनाले यस सिजनको बाँकी अवधि र अन्य दुई सिजनका लागि जाभीसँग सम्झौता गरेको छ ।
तर, जाभी र बार्सिलोनाबीचको औपचारिक सम्झौता भने सर्वाजनिक भएको छैन। बार्सिलोनाले भाजीलाई सोमबार सार्वजनिक गर्ने बताएाको छ।
बार्सिलोनाका युवा एकेडेमीका खेलाडी हुँदै जाभी प्रशिक्षकसम्म बनेका हुन् । जाभीले बार्सिलोना फर्कनका लागि कतारी क्लब अल सद छाडेका छन् ।
जाभीले बर्खास्तीमा परेका रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यानलाई बर्खास्त गरेपछि बार्सिलोनाका पदाधिकारीहरू जाभीसँग छलफल गर्न कतारनै पुगेका थिए ।
बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले सिनियर टिमबाट ७६७ खेल खेलेका छन् । उनले १७ वर्ष सिनियर टिमबाट खेल्दा २५ मुख्य उपाधि जिते । युवा खेलाडीको उमेरसहित उनले २४ वर्ष बार्सिलोनामा बिताएका थिए ।
बार्सिलोना छाडेपछि उनी खेलाडीकै रुपमा अल साद पुगेका थिए । त्यसपछि उनले प्रशिक्षक बनेर काम गरे । जाभीको प्रशिक्षणमा अल साद लिगमा ३६ खेलसम्म अपराजित छ।