स्वीस मिडफिल्डर जद्रान सकिरी फ्रेन्च क्लब लियोनमा आबद्ध भएका छन्। लिभरपुलका २९ मिडफिल्डर सकिरी ९.५ मिलियन युरोमा लिग वान क्लब लियोनमा आबद्ध भएका हुन्।
साकिरी लियोन जाने पक्का भएपछि औपचारिक सम्झौता भने भएको छैन। सकिरीले मेडिकल गरेपछि उनीसँग औपचारिक सम्झौता गरिने लियोनले जनाएको छ।
सकिरी सन् २०१८मा स्टोकसिटीबाट लिभरपुल आएका थिए। लिभरपुलका उनले ६३ खेल खेल्दै ८ गोल गरेका छन्। लिभपुरलमा तीन सिजन बिताउँदा उनले च्याम्पियन्स लिग, प्रियिमर लिग, युईएफए सुपर कप र क्लब विश्वकप उपाधि जितेका छन्।
सकिकीले बासेलबो सन् २००९ देखि २०१२ सम्म खेलेका थिए । त्यसपछि उनी बायर्न म्युनिख पुगेका थिए। त्यहाँ तीन सिजन बिताउँदा साकिरीले ८१ खेल खेल्दै १७ गोल गरेका थिए। बायर्नबाट उनले तीन बुन्डेसलिगा, च्याम्पियन्स लिग र युईएफए सुपरकपसहित ९ उपाधि जितेका थिए।
त्यसपछि उनी सन् २०१४-१५ कै विन्टर ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलान पुगेका थिए । त्यहाँ आधा सिजन मात्र बिताउँदा उनले २० खेलमा २० खेलमा ३ गोल गरेका थिए।
सन् २०१६ उनी स्टोक सिटी आएका थिए । सन् २०१७–१८ को सिजन स्टोक सिटी प्रिमियर लिगबाट रेलिगेसनमा परेपछि सकिरी लिभरपुल आएका थिए। स्टोकमा उनले ९२ खेल खेल्दै १५ गोल गरेका थिए।