आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युथ क्लबले दुई क्यामरुनी खेलाडी अनुबन्धन गरेको छ। ए डिभिजन लिगका लागि च्यासलले कित्वा यानिक र माैसा अबागानालाई अनुबन्धन गरेको हो।
च्यासलले दुवै खेलाडीलाई गत वैशाखमा सम्पन्न पहिलो संस्करणको नेपाल सुपर लिगमा गरेको प्रदर्शनका आधामरा अनुबन्धन गरेको हो। दुवै पोखरा थन्डर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
च्यासलले दुवैलाई एक वर्षका लागि अनुबन्धन गरेको जनाएको छ। यसअघि च्यासलले विदेशी खेलाडीका लागि नेपालीमूलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गरेको थियो।
यस्तै, च्यासलले मच्छिन्द्रका कप्तान विराज महर्जन, मनाङका कप्तान कलम श्रेष्ठलगायतलाई अनुबन्धन गरेको छ।