युवराज लामाकाे अध्यक्षतामा कराते महासंघको तदर्थ समिति गठन

Read Time:3 Minute

करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

अघिल्लो तर्दथ समितिमा कार्यावाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने । उपाध्यक्ष्मा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन्।

सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन्। उहीहरुलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गरे ।

महासंघले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउदै गौरवपूर्ण इतिहास बोकेको कारतेलाई गति दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्ले दिएको ३ महिना भन्दा धेरै अगाडि निर्विवाद रुपमा चुनाव सम्पन्न गर्ने वाचा पनि गरे । उनले आस्था र फरक स्टायलका कराते कसैलाई पनि निषेध नगर्ने बताउदै कार्यसमितिका प्रत्येकले काम गर्ने अवसर प्राप्त गर्ने बताए ।

सह–अध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरे मात्र संस्थाको विकास हुने मान्यतालाई आत्मासात् गरी अध्यक्ष हुँदा हुँदै पनि स्थायित्वका लागि खुशी साथ अध्यक्षको पद छाडेको बताए । उनले अनेक बहानामा खेल संस्थालाई बन्धक बनाउन नहुने विचार व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोपा डेल रेको क्वार्टरफाइनलमा रियल र एट्लेटिको भिड्दै
Next post सूर्यकुमार बने टि–२०का सर्वोत्कृष्ट खेलाडी
Close