अफ्रिकन गोलकिपर यविस प्रिसोले यो सिजन पनि सहिद स्मारक ए डिभिजन लिग थ्री स्टार क्लबबाटै खेल्ने भएका छन् । एक साताअघि मात्र नेपाल आएका प्रिसोसँग थ्री स्टारले सम्झौता नवीकरण गरेकोछ।
प्रिसोले अघिल्लो सिजन पनि थ्री स्टारबाटै ए डिभिजन लिग खेलेका थिए। थ्री स्टारले सामाजिक सञ्जालमार्फत प्रिसोसँग सम्झौता नवीकरण गरेको उल्लेख गरेको छ।
थ्री स्टारसँग सम्झौता नवीकरण गरेपछि प्रिसोले उपाधिका लागि खेल्ने बताएका छन् । थ्री स्टार क्लब आफ्नो हृदयमा रहेको बताउँदै प्रिसोले यहाँको वातारण माया, समर्थन र प्रेरणाले भरिएको बताएका छन।
प्रिसोबाहेक थ्री स्टारमा अरुण ब्लोन गोलकिपरका रुपमा रहने छन्। अरुणलाई पनि थ्री स्टारले यसै सिजन अनुबन्धन गरेको हो।
कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, आयुष घलान, डोना थापा, मनाग्य नकर्मी लाकेन लिम्बु, राफायल बिडीएस रिम र निशान खड्कालगायतसँगको सम्झौता नवीकरण गरिसकेको छ ।