°
, June 7, 2023 in
0

बेन्जिमा र मेन्डीको गोलमा रियल विजयी

SHARE:

दुई फ्रेन्च खेलाडी करिम बेन्जिम र फोर्लान्ड मेन्डीले गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेन्जिमा र मेन्डीले गोल गरेपछि रियलले गेटाफेलाई २–०ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा बेन्जिमाका गोलमा रियलले अग्रता लिएको थियो । उनले भिनिसियस जुनियरको क्रसमा हेडिङमार्फत गोल गरेका थिए । ६६औं मिनेटमा मार्सेलोको क्रममा मेन्डीले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

जितसँगै रियल बार्सिलोनालाईपछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलको २२ खेलमा ४६ अंक जोडेको छ भने बार्सिलोनाको २१ खेलमा ४३ अंक । २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अंकका साथ शीर्ष स्थानमा छ । गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *