लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्। एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो। एलएनएको जितमा सिमरन महर्जनले ८ अंक योगदान गरिन्।
मनमैजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रुपेश पौडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ ले हरायो । दुवै समूहमा हिमरश्मीले तेश्रो स्थानमा चित्त बझायो।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रुपेश र सिमरन आ–आफनो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गल्र्समा न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गरे।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. प्रदीपचन्द्र गौतम, प्राध्यापक श्यामकृष्ण विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।