खेलकुद विविध

फाइभ नेसन्स बास्केटबलमा बंगलादेशसँग भिड्दै नेपाली टिम

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले तेस्रो खेल खेल्दै छ। नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुने खेलमा नेपाली टिमले बंगलादेशसँग खेल्दैछ।

५ देश सभहभागी प्रतियोगिता नेपाल सेमिफाइनल पुग्ने सम्भावना जिवितै राख्न बंगलादेशविरुद्ध जित निकाल्न चाहन्छ। यसअघिका २ खेलमा नेपलाले १ जित र १ हार व्यहोरोको थियो।

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो ।

यता, बंगलादेश भने यसअघिका दुवै खेलमा अपराजित छ, ऊ आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। बंगलादेशले माल्दिभ्स र भुटानलाई हराएको थियो।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।

५ टिम सहभागी प्रतियोगितामा शीर्ष ४ मा रहन सके नेपाल सेमिफाइनल पुग्नेछ। प्रतियोगिता जुन २२ सम्म चल्ने छ।