लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ। एलएनए जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैको फाइनलमा पुग्यो।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित ग¥यो । एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे । फाइनलमा एलएनएको भेट एन्जल्स हार्टसंग हुनेछ । अर्को सेमिफाइनलमा रुपेश पौडेलको ९ अंक सहयोगमा एन्जल्स हार्टले सिद्धार्थ मोडललाई २३–१४ ले हराएको थियो।
सिनियर गल्र्समा मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले ल्यान्डमार्कलाई २४–१९ ले पाखा लगायो। एलएनएकी सिमरन महर्जनले १४ अंक जोडिन्।
उपाधिका लागि एलएनएले न्यु एरा विरुद्ध खेल्ने छ । न्यु एराले हिमरश्मीलाई १९–१२ ले पन्छायो । न्यु एराकी प्रनिशा श्रेष्ठले ८ स्कोर गरिन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।