खेलकुद विविध

भक्तपुरमा राष्ट्रिय रग्वी हुने

भक्तपुरमा राष्ट्रिय रग्वी प्रतियोगिता आयोजन हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा हुने लागेको प्रतियोगिता जेठ २० र जेठ २१ गते हुने छ।

बागमती राष्ट्रिय रग्वी सेभेन्स नाम दिइएको प्रतियोगिता मध्यपुर ठिमीस्थित मध्यपुर युथ क्लवको खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रदेशका ५ र विभागीय ३ गरी कुल ८ टिम सहभागी हुने छन्। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेश तथा ३ वटा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र नेपाल एपीएफ क्लब सहभागी हुनेछन् ।

पुरुष महिला दुवै विधामा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टिमले प्रतिस्पर्धा गर्नेछन्।