खेलकुद विविध

बास्केटबलमा पाकिस्तानमाथि नेपालको जित

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। माल्दिभ्समा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले पाकिस्तानमाथि ६६–६२ले हरायो ।

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले पाकिस्तानसँग सुरुवातदेखि नै पछि परे पनि हाफटाइमपछि पुनरागमन गर्दै जित निकाल्यो। पाकिस्तानलाई हराएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ।

पाकिस्तानविरुद्धको जित नेपालका लागि महत्वपूर्ण भएको सहायक प्रशिक्षक नृपेश श्रेष्ठले बताएका छन् । यो जितले टिममा बुस्ट भएको र आगामी दिनमा अझ बलियो भएर आउने उनले बताए ।

पाँच टोली सहभागि च्याम्पियनसिपमा लिग चरणको खेलपछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्।

नेपालले आफ्नो तेस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ भने लिगको अन्तिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।