खेलकुद विविध

कप विद्यालय बास्केटबलमा बिएमसीए र पृथ्वी सेमिफाइनलमा

आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन्।

सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गर्ल्स पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो। पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन्।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए)लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे। भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे।

गर्ल्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ तथा हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छ्याउँदै सेमिफइनलमा स्थान बनाए। भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे।