खेलकुद विविध

पौडीका एलेक्स, नासिर, गौरिका र डुवानाले एसियाड खेल्ने, ओलम्पिक छनोट पनि खेल्ने

चीनमा हुने १९औं एसियाडाका पौडीबाट ४ खेलाडी छनोट भएका छन्। नेपाल पौडीले संघले मंगलबार पुरुष र महिलातर्फबा समान २ गरी एसियाडका लागि ४ खेलाडी छनोट गरेको हो।

एलेक्स गाडेगाड शाह, नासिर हुनेस, गौरिका सिंह र डुवाना लामा होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छागिउका हुन्।

आइतबार र सोमबार भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको नेपाल पौडीले जनाएको छ।

उनीहरुले जापानमा हुने पेरिस ओलम्किपकको छनोट प्रतियोगिता पनि खेल्ने छन्। एलेक्स र गाैरिकाले टाेकियाे ओलम्किपक पनि खेलेका थिए।