खेलकुद विविध

यी हुन् टेबलटेनिसबाट एसियन गेम्स खेल्ने चार खेलाडी

चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । २–२ पुरुषरमहिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटमा पुरुष–महिलामा ६–६ खेलाडी प्रतिस्पर्धी थिए ।