°
, June 4, 2023 in

एनआरएनए १०औं महाधिवेशनः युवा उपाध्यक्षमा कतारका राज रेग्मीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १०औं महाधिवेशनमा आईसिसी युवा उपाध्यक्षमा राज रेग्मीले उम्मेदवारी दिने घोषणा गरेका छन्। रेग्मी अहिले एनआरएनएको मध्यपूर्व युवा संयोजक छन्।

कार्यसमितिमा एनआरएनएले युवा उपाध्यक्ष पद यसै वर्षदेखि राखेको हो। आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा रेग्मी उम्मेदवारी दिएका हुन्।

एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रहमा आफूले युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्। ‘एनआरएनएमा आफ्नो क्षमता देखाउन सक्ने पदमा पुगेर काम गर्न चाहेकाले आईसिसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उम्मेदवारी घोषणा गर्दै रेग्मीले भने।

एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न र दोस्रो पुस्तालाई एनआरएनएमा आकर्षित गर्न लाग्ने बताउँदै त्यसका लागि आफूलाई युवा उपाध्यक्षमा निर्वाचित गराउन रेग्मीले आग्रह गरे। रेग्मीले विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

रेग्मीसँग कतारका विभिन्न संघसंस्था, एनआरएनए कतार र मध्यपूर्व युवा संयोजकका रुपमा काम गरेको अनुभव छ। एनआरएनए अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यावसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् ।

रेग्मीले नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनएमार्फत् रोजगारी सृजना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै, उनले सुखी र समृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागि उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामूहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानीका लागि पहल गर्ने रेग्मीको प्रतिकद्धता छ । उनले विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी सृजना गर्न आफू लाग्ने पनि बताएका छन्।

वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपाली समस्या वा अप्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने रेग्मीको प्रतिबद्धता छ। यस्तै, विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषाप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने रेग्मीको योजना छ।

रेग्मीकै अगुवाईमा एनआरएनएले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना भइरहेकोछ। युवा पुस्तालाई एनआरएनएमा जोड्ने काम गरेके भन्दै केसी चर्चामा छन्। ग्लोबल एनआरएन सिंगिङ आइडल’ मध्यपूर्व युवा विभागले आयोजना गरेको हो।

‘यहाँहरुको माया, साथ, शुभेच्छा र समर्थनले नै अहिले यो स्थानमा छु। आगामी दिनमा पनि सहयोग पाउने अपेक्षा गरेको छु। त्यसैले आईसिसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर प्रदान गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु,’ १०औं महाधिवेशनमा आफूलाई विजयी गराउन अपिल गर्दै रेग्मीले भने।

यस्ता छन् रेग्मीका मुख्य एजेण्डा

युवा स्वरोजगार

सामूहिक लगानी

सीप र पूँजीको सदुपयोग

एनआरएनएमा युवाको आकर्षण बढाउने

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी

राहत कोष स्थापना

नेपाली कला-संस्कृतिको जगेर्ना

स्मार्ट एनआरएनए

Leave a Reply

Your email address will not be published. Required fields are marked *