स्वीटेकले जितिन् फ्रेन्च ओपन

१९ वर्षीय किशोरी इगा स्वीटेकले फ्रेन्च ओपन टेनिस उपाधि जितेकी छिन् । शनिबार राति भएको फाइलनमा चौथो वरियताकी अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सोझे सेटमा हराउँदै स्वीटेकले पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी हुन् ।

योसँगै स्वीटेक ग्रान्ड स्लाम टेनिस उपाधि जित्ने पहिलो पोल्यान्डकी खेलाडी भएकी छन् । इगा बिगत तीन दशकयता सबैभन्दा कम उमेरमा यो ग्राण्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेकि छन् । इगाभन्दा अगाडि सन् १९९२ मा १८ वर्षकी मोनिका सेलेसले फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

जितपछि इगाले भनिन्, ‘म यति धेरै खुसी छु कि कारण नै थाहा पाइरहेको छैन । यस्तो लाग्छ समय तीव्र रुपमा परिवर्तन भइरहेको छ ।’

क्ले कोर्टको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्ने क्रममा १९ वर्षीया स्वोटकले कुनै पनि सेट गुमाइनन् । फाइनलका क्रममा केनिन चोटबाट गुज्रिन बाध्य रहिन र यस कारणले उनको खेल पनि नराम्रोसँग प्रभावित भएको थियो । त्यसैले उनले गैर वरियता प्राप्त स्वाटेक सामु बलियो चुनौती पेस गर्न सकिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP