नाडाल फ्रेन्च ओपनको फाइनलमा

डिफेन्डिङ च्याम्पियन स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको पुरुष एकलको फाइनल प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई ३–०को सोझो सेटमा पराजित गर्दै नाडाल फाइनल पुगेका हुन् ।

नाडालले डिएगोलाई ६–३, ६–३ र ७–६ को सोझो सेटमा पराजित गरे । पहिलो सेट ६–३ ले जितेका नाडालले दोस्रो सेटपनि ६–३ ले जित्न सफल भए । तेस्रो सेटमा भने उनले खेल जित्न टाइब्रेकरसम्म जानुपर्‍यो । जसमा उनले ७–० को जित निकाल्दै सेट ७-६ ले आफ्नो पक्षमा पारे ।

१२ पटकका च्याम्पियन नाडालले १३ औं पटक फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका हुन् । अब नाडालले उपाधिका लागि नोभाक जोकोभिच र स्टेफानोस सिट्सिपासबीचको विजेतासँग खेल्ने छन् ।

महिलातर्फको उपाधिका लागि अमेरिकी खेलाडी सोफिया केनिन र पोल्याण्डकी इगा स्विटेक खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP