वर्ल्ड टेनिस टुर सोमबारदेखि

Read Time:1 Minute

नेपाल टेनिस संघको आयोजनामा वर्ल्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष-महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

टुरका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ । खेलाडीले हासिल गरेको अंकका आधारमा समान २२ पुरुष-महिला खेलाडीले स्वतः सर्किट १ मा खेल्ने पाउने छन् । समान ६ पुरुष-महिला खेलाडी छनोट चरणबाट छानिने छन् भने समान ४ पुरुष-महिला खेलाडी वाइल्ड कार्ड मार्फत सर्किट १ को ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।

प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

सर्किट २ फब्रुअरी ८ तारिखदेखि हुने छ । दुवै सर्किटको पुरुषमा भारतीय खेलाडी र महिलामा नेपालकी अभिलाषा विष्टले शीर्ष वरीयता प्राप्त गरेका छन् । खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनलाइन सुटिङमा सुस्मिताको जोडिन ६१९ अंक
Next post कमल प्लेयर अफ दी सिरिज, पृथु र साहब उत्कृष्ट खेलाडी
Close