ओलम्पिकमा नेपाली खेलाडी एक्लेक्सले आज प्रतिस्पर्धा गर्ने

नेपाली पौडी खेलाडी एक्लेस शाहले टोक्यो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दै छन्। टोक्यो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

एलेक्सको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे छ । एलेक्स हिट नम्बरमा वानको लेनमा ६मा पौडिने छन्। उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी छन् ।

१०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोक्यो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्ने लक्ष्य राखेका छन् । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक शुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

ओलम्पिकमा दुवै खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कील बताए । गौरिकाले बुधबार महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा कुल ७२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट १६ पौडीबाट सेमिफाइनलमा पुग्नेछन् । यस इभेन्टको हिट चरणका खेलहरु आज हुनेछ । हिटमा उत्कृष्ट भएका खेलाडीहरु जुलाई २८ मा हुने सेमिफाइनलमा छनोट हुनेछ । फाइनल जुलाई २९ मा हुनेछ।

Facebook Comments Box