इजिप्टलाई हराउँदै ब्राजिल ओलम्पिक फुटबलको सेमिफाइनलमा

जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलमा ब्राजिल सेमिफाइनलमा पुगेको छ। शनिबार साँझ भएको क्वार्टरफाइनलमा इजिप्टलाई १–०ले हराउँदै ब्राजिल ओलम्पिकको सेमिफाइनलमा पुगेको हो।

इजिप्टविरुद्ध ब्राजिललाई जित दिलाउन म्याथुस चुन्हाले गोल गरे । उनले ३७औं मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा ब्राजिल १–०ले विजयी भयो।

खेलमा ब्राजिलले ६१ प्रतिशत बल पोजेन बनाउँदै ११ सट प्रहार गरेको थियो, त्यसमध्ये ५ सट फ्रेममा थियो । यता, इजिप्टले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

ओलम्पिक पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन ब्राजिलले फाइनल प्रवेशका लागि दक्षिण कोरिया र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ।

Facebook Comments Box