२ सय मिटर दौडमा डे ग्रेसले जिते स्वर्ण

क्यानेडियन स्प्रिन्टर आन्द्रे डे ग्रेसले १ सय मिटरको असफलतालाई बिर्साउँदै टोकियो ओलम्पिक २०२० मा बुधबार २ सय मिटरमा स्वर्णपदक जितेका छन् ।ओलम्पिक रंगशालामा डे ग्रेसले १९.६२ सेकेन्डमा दुरी पार गर्दै २ सय मिटरमा स्वर्ण जितेका हुन् ।

स्वर्ण जित्ने क्रममा उनले अमेरिकी धावकहरू केनेथ बेडनारेक (१९.६८ सेकेन्ड) र नोआ लिलेज (१९.७४ सेकेन्ड) लाई पछि पारे । जमैकन धावक उसैन बोल्टपछि ओलम्पिकमा २ सय मिटरको उपाधि जित्ने भएका डे ग्रेस पहिलो खेलाडी हुन् ।

१ सय मिटरमा पनि स्वर्णको हकदार मानिएको उनी कांस्यमै सीमित भएका थिए । डे ग्रेस रियो २०१६ मा बोल्टका प्रतिस्पर्धी थिए । त्यसमा उनले २ सय मिटरमा रजत र १ सयमा कांस्य प्राप्त गरेका थिए ।

Facebook Comments Box