विश्वच्याम्पियन अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

क्यानडा जापानको टोक्योमा जारी ओलम्पिक महिला फुटबलको स्वर्ण नजिक पुगेको छ। सोमबार दिउँसो भएको पहिलो सेमिफाइनलमा विश्वच्याम्पियन अमेरिकालाई १–०ले हराउँदै क्यानडा स्वर्ण नजिक पुगेको हो।

क्यानडालाई जित दिलाउन जेसी फ्लेमिङले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्लेमिङले टिमलाई उपाधि नजिक पु¥याइन्।

खेलमा अमेरिकाले दबाब बनाए पनि जित भने क्यानडाले निकाल्यो। अमेरिकाले ६० प्रतिशत बल पोजेसन बनाउँदै क्यानडाको पोस्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये ४ सट फ्रेममा थियो। यता, क्यानडाले ३ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

क्यानडाले अब स्वर्णका लागि अस्ट्रेलिया र स्वीडेनबीचको विजेतासँग खेल्ने छ।

Facebook Comments Box