दुई स्वर्ण जितेकी बेलायतकी जोन्स टोक्यो ओलम्पिकमा पहिलो चरणबाटै आउट

ओलम्पिकमा दुई पटक स्वर्ण जितेकी बेलायतकी तेक्वान्दो खेलाडी जाड जोन्स टोक्यो ओलम्पिकमा पहिलो चरणबाटै आउट भइन्। जापानमा जारी ओलम्पिकमा बेलायतकी जोन्स रिफ्युजी ओलम्पिक टिमकी किमिय अलिजादेहसँग पराजित हुँदै पहिलो चरणबाटै आउट भएकी हुन्।

लगातार तीनपटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा रहेकी जोन्स एलिजादेहसँग १६–१२ ले पराजित भइन् । एलिजादेहले सन् २०१६ को रियो ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।

यदि एलिजादेह फाइनल पुगेमा जोन्सले रिपेचमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् । एलिजादेहसँगको पराजय जोन्सका लागि स्तब्धपूर्ण नतिजा नै बन्यो ।

Facebook Comments Box