आयोजक जापन र स्पेन ओलम्पिक फुटबलको सेमिफाइनलमा

जापानमा जारी टोक्यो ओलम्पिकको पुरुष फुटबलमा आयोजक जापन र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार साँझ भएको क्वार्टरफाइनलमा स्पेनले आइभोरी कोस्टलाई ५–२ले र आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा ४–२ले हरायो।

जापानलाई न्युजिल्यान्डविरुद्ध पेनाल्टी सुटाउटमा हराउँदै अन्तिम ४मा स्थान सुरक्षित ग¥यो। निर्धारित समय र थप गरिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा जापान ४–२ले विजयी भयो।

यसैगरी अर्को क्वार्टरफाइनलमा स्पेनले आइभोरी कोस्टमाथि ५–२को जित निकाल्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा थप ३ गोल गर्दै स्पेनले ५–२को जित निकाल्यो।

स्पनेका लागि राफा मिरले ह्याटिङक गरे। उनले ९०, ११६ र १२०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यस्तै, ड्यानी ओल्मो १६औं, मिकेल ओयासाबेलले ९७औं मिनेटमा गोल गरेका थिए । आइभोरी कोस्टका इरिक बेलीले नवौं र ग्राडेल म्याक्सले ९०औं मिनेटमा गोल गरेका थिए।

फाइनल प्रवेशका लािग स्पने र जापान भिड्ने छन्।

Facebook Comments Box