फ्रान्समाथि जापानको सानदार जित, जापान अन्तिम ८मा, फ्रान्स बाहिरियो

टोक्यो ओलम्पिकको पुरुष फुटबलमा जापानले फ्रान्समाथि सानदार जित निकालेको छ। बुधबार साँझ भएको खेलमा जापानले फ्रान्सलाई ४–०को फराकिलो अन्तरले हरयो।

फ्रान्सलाई हराउँदै जापान समूह विजेताका क्वार्टरफाइनलमा पुग्यो भने पराजयपछि फ्रान्स समूह चरणबाटै बाहिरियो।

फ्रान्सविरुद्ध सनदार जित दिलाउन जापनका लागि टाकेफुसा कुबो, कोजी मियोसी, डाइजेन माइडा र हिरोकी सकाइले गोल गरे। जापानले दुवै हाफमा समान २ गोल गरेको थियो। खेलको ७३औं मिनेटमा रान्डल मुयानीले रातो कार्ड पाएपछि फ्रान्स १० खेलाडीमा समेटिएको थियो।

यसैगरी समूह एकै अर्को खेलमा अस्ट्रेलियालाई ३–०ले हराउँदै मेक्सिको पनि क्वार्टरफाइनल पुगेको छ। मेक्सिकोको जितमा अर्नेस्टो भेगा, हेनरी मार्टिन र लुइस रोमोले गोल गरेका थिए। खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे । अस्ट्रेलियाका डिफेन्डर रेपो मलेपेल ५६औं मिनेटमा र मेक्सिकोका कार्लोस रोड्रिगेजले ६५औं मिनेटमा रेड कार्ड पाएका थिए।

समूह एमा ९ अंकसहित जापान शीर्ष स्थानमा रह्यो भने मेक्सिको ६ अंक जोड्दै दोस्रो भयो। फ्रान्स ३ अंक जोड्दै तेस्रो भयो ।

Facebook Comments Box