महिला फुटबलः स्वीडेनले अस्ट्रेलियालाई हरायो, जाम्बियासँग रोकियो चीन

टोक्यो ओलम्पिकको महिला फुटबलअन्तर्गत शनिबर भएको खेलमा स्वीडेनले अस्ट्रेलियालाई हराउँदा चीन जाम्बियासँग बराबरीमा रोकिएको छ। शनिबार भएको खेलमा स्वीडेनले अस्ट्रेलियालाई ४–२ले हराउँदै चीनले जाम्बियासँग ४–४ गोलको बराबरी खेल्यो।

स्वीडेनलाई जित दिलाउन रोल्फो फ्रिडोलिनाले २ गोल गरिन भने हर्टिग लिना र ब्ल्याकटेनिउस स्टिनाले पनि गोल गरे । अस्ट्रेलियाका लागि दुवै गोल केर समले गरिन्।

२०औं मिनेटमा रोल्फोले गोल गरेपछि स्वीडेनले सुरुआती अग्रता लियो । तर ३६औं मिनेटमा केर समस्टिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । ४८औं मिनेटमा समले नै गोल गरेपछि अस्ट्रेलियाले २–१को अग्रता लियो।

तर, ५२औं मिनेटमा हर्टिगले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काइन् । त्यसपछि ६०औं मिनेटमा रोल्फो र ८०औं मिनेटमा स्टिनाले गोल गरेपछि स्वीडेन ४–२ले विजयी भयो।

यसैगरी शनिबार नै भएको खेलमा चीन जाम्बियासँग ४–४ गोलको बराबरीमा रोकिएको छ। चीनका लागि चारै गोल वाङ सुआङले गरिन् भने जाम्बियाकी बान्डा बाब्राले ३ तथा कुन्डान्डी रचेलले १ गोल गरिन्।

यस्तै, आयोजक जापनविरुद्ध बेलायतलाई जित दिलाउन ह्वाइट एलिनले निर्णायक गोल गरिन् । उनले ७४औं मिनेटमा गोल गरेकी थिइन् । यता, क्यानडाले चिलीलाई २–१ले हरायो। खेलका क्यानडाका लागि बेकिइ जनिनले ३९ र ४७औं मिनेटमा गोल गरिन् भने चिलीकी आराया करिनले ५७औं मिनेटमा गोल फर्काइन्।

Facebook Comments Box