रिचार्लिसन चम्किँदा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनीलाई रोक्दै आइभोरी कोस्ट पनि क्वार्टरफाइनलमा

इंग्लिस क्लब एभर्टनका स्ट्राइकर रिचार्लिसन चम्किएपछि साउदी अरेबियामाथि जित निकाल्दै ब्राजिल ओलम्पिकको पुरुष फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार दिउँसो भएको खेलमा रिचार्लिसनले २ गोल गरेपछि ब्राजिलले साउदी अरेबियालाई ३–१ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो।

साउदीविरुद्ध ब्राजिललाई जित दिलाउन रिचार्लिसनले २ गोल गरे भने अर्को गोल म्याथुस कुन्हाले गरे । यस्तै साउदीका अब्दुल्लाह अल मारीले एक गोल गरेका थिए।

खेलमा ब्राजिलले १४औं मिनटमै कुन्हाको गोलमा अग्रता लियो। उनले खेलको १४औं मिनेटमा क्वाउडिन्होको पासमा गोल गरेका थिए। २७औं मिनेटा सलमान अल फर्जीको पासमा मारीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

७६औं मिनेटमा गुमाइरेजको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई पुनः अग्रता दिलाए । त्यस्तै इन्जरी समयको तेस्रो मिनेटमा रेनियर जेसुसको पासमा रिर्चालिसनले नै गोल गर्दै ब्राजिललाई ३–१को जित दिलाए । पहिलो खेलमा जर्मनीविरद्ध ह्याट्रिक गरेका रिचार्लिसनले ५ गोल गरेका छन्।

यसैगरी समूह डीकै अर्को खेलमा जर्मनी र आइभोरी कोस्टले १–१को बराबरी खेलेका छन् । जर्मनीलाई बराबरीमा राक्दै आइभोरी कोस्ट पनि क्वार्टरफाइनल पुगेको छ। यता, जर्मनी भने प्रतियोगितबाट बाहिरियो।

६७औं मिनेटमा बेन्जामिन हेनरिचले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा आइभोरी कोस्टले अग्रता लियो । ७६औं मिनेटमा इडवार्ड लेविनले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए।

समूम डीबाट २ जित र १ बराबरीसहित ७ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल पुग्यो भने ५ अंक जोडेको आइभोरी कोस्ट दोस्रो हुँदै क्वार्टरफाइनल पुग्यो । ४ अंक जोडेको जर्मनीको पनि उत्कृष्ट तेस्रो हुँदै क्वार्टरफाइनल पुग्न असपफल भयाे।

Facebook Comments Box