अल अराउन्ड फाइनल नखेल्ने अमेरिकी जिम्न्यास्ट बाइल्सको घोषणा

अमेरिकी जिमन्यास्ट सिमोन बाइल्सले टोक्यो ओलम्पिकको ‘अल अराउण्ड फाइनल’ नखेल्ने घोषणा गरेकी छिन्। मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्न भन्दै उनले अल अराउन्ड फाइनल नखेल्ने घोषणा गरेकी हुन्।

बाइल्सले आफू यो प्रतिस्पर्धाको लागि अहिले तयार नरहेको बताएकी छिन्। छनोटमा नवौं स्थानमा रहेकी जेड क्यारेले अल अराउण्ड फाइनलमा बाइल्सको स्थान लिनेछिन् । वुमन्स टिमको अल अराउन्ड फाइनल पनि नखेल्ने निर्णय गरेकी थिइन्।

ओलम्पिकमा चार स्वर्ण जितेकी बाइल्स ५ विधामा फाइनल पुगेकी छिन्। ‘अल अराउण्ड फाइनल’ नखेल्ने भएपनि अन्य विधाको फाइनल भने उनले खेल्ने बताइएको छ।

Facebook Comments Box