स्पनेसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना ओलम्पिकको समूह चरणबाटै बाहिरियो

स्पेनसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना टोक्यो ओलम्पिकको पुरुष फुटबलमा समूह चरणबाटै बाहिरिएको छ। बुधबार साँझ भएको समूह सीको अन्तिम खेलमा स्पेनसँग १–१ गोलको बराबरीमा रोकिएपछि अर्जेन्टिना समूहमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

बराबरीपछि पनि स्पेन समूह विजेताका रुपमा क्वार्टरफाइनलमा पुग्यो। खेलमा स्पेनका लागि मिकेल मेरिनोले ६६औं मिनेटमा गोल गरेका थिए भने अर्जेन्टिनाका टोमस बेल्मोन्टले ८७औं मिनेटमा गोल गरेका थिए।

यस्तै, समूह सीकै अर्को खेलमा अस्ट्रेलियालाई २–०ले हराउँदै इजिप्टले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। इजिप्टको जितमा अहमद यासेर रायनले ४३ र अमार हामदीले ८४औं मिनेटमा गोल गरेका थिए।

समूह सीबाट ५ अंकसहित स्पेन विजेता बन्यो भने इजिप्ट ४ अंकसहित दोस्रो बन्यो। अर्जेन्टिनाको पनि ४ अंक नै भएपनि उ तेस्रो भयो।

Facebook Comments Box