ओलम्पिकको पहिलो दिन ११ स्वर्णको फैसला

टोक्यो ओलम्पिकको पहिलो मा शनिबार ११ स्वर्णको छिनोफानो भएको छ । जसमा चीनले सर्वाधिक ३ स्वर्ण जितेको छ ।

टोकियो ओलम्पिकको सुरुआतका दुई स्वर्ण चीनले जितेको छ । साइक्लिङको रोड रेस विधामा इक्वेडरका रिचार्ड कारापाजले स्वर्ण जितेर कीर्तिमान राखेका छन् । उनी ओलम्पिकमा स्वर्ण जित्ने इक्वेडरका दोस्रो खेलाडी हुन् ।

शनिबार चीनले सुटिङ र भारोत्तोलनमा दुई स्वर्ण जितेको हो । याङ क्विनले १० मिटर एयर राइफलमा स्वर्ण जित्ने क्रममा रसियन ओलम्पिक कमिटीकी अनास्टासिया गालासिनालाई नाटकीय रूपमा हराइन् । अन्तिम प्रहार गर्ने बेलासम्म गालासिनाले अग्रता लिएन् । स्वर्णका लागि निर्णायक प्रहारमा उनले ८.९ अंकको कमजोर प्रदर्शन रह्यो ।

यस्तै, चीनले अर्को स्वर्ण भारोत्तोलनमा जित्यो । होउ जिहुइले ४९ केजी तौलबाट ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितिन् । उनले २ सय १० केजी भार उचालिन् ।

उचिमुरा असफल भए पनि जापानले शनिबार नै स्वर्णको खाता भने खोलेको छ । जुडोको पुरुष ६० केजीमुनि जापानका ताकातो नाओहिसाले चाइनिज ताइपेईका याङ युङ वेईलाई गोल्डेन स्कोरका आधारमा हराउँदै स्वर्ण जिते । यस्तै, इटाली, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले पनि स्वर्ण जिते ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये आज सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भए।

सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान गरिन्। उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरिन्।

Facebook Comments Box