पुरुष फुटबल : स्पेन र अर्जेन्टिनाको साँघुरो जित, कुबोको गोलमा जापानको जित

टोक्यो ओलम्पिकको पुरुष फुटबलमा स्पेन र अर्जेन्टिनाले साँघुरो जित निकालेका छन्। आइतबार साँझ भएका खेलेमा स्पेनले अस्ट्रेलिया तथा अर्जेन्टिनाले इजिप्टमाथि समान १–१को जित निकाले।

समूह सीको खेलमा स्पेनलाई जित दिलाउन मिकेल ओयासाबेलले ८१औं मिनेटमा निर्णायक गोल गरे । इजिप्टविरुद्ध अर्जेन्टिनालाई जित दिलान ५२औं मिनेटमा फाकन्डो मिडानाले निर्णायक गोल गरे। अर्जेन्टिना र स्पेन दुवैको यो पहिलो जित हो । पहिलो खेलमा अर्जेन्टिना रोमानियासँग पराजित भएको थियो भने स्पेन इजिप्टसँग बराबरीमा रोकिएको थियो।
यसैगरी जारी ओलम्पिकमा आयोजक जापानले लागतार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा जापानले मेक्सिकोलाई २–१ले हरायो। मेक्सिकोविरुद्ध जापानलाई जित दिलाउन टाकेफुसा कुबो र रिट्सु डोनाले गोल गरे भने मेक्सिकोका लागि रोर्बेटो अल्वाराडोले गोल गरे।

कुबोले ६ छैठौं मिनेटमै गोल गर्दै जापनलाई अग्रता दिलाए । ११औं मिनेटमा डोनाले पेनाल्टीमा गोल गर्दै जापानको अग्रता दोब्बर बनाए । ८५औं मिनेटमा मेक्सिकोका अल्बाराडोले गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन्।

पहिलो खेलमा जापानले दक्षिण अफ्रिकालाई १–०ले हराएको थियो भने मेक्सिकोले फ्रान्समाथि ४–१को सहज जित निकालेको थियो ।

Facebook Comments Box