
नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी
Read Time:1 Minute
नेपाली राष्ट्रिय भलिबल टिमले अनुभवी प्रशिक्षक पाएको छ। नेपाल भलिबल संघले बेल्जियमका अनुभवी प्रशिक्षक जान जोसे डी ब्रान्टलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।
संघले महिला र पुरुष दुवै टिम हेर्ने गरी जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो।
नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका जान डी मार्च पहिलो नेपाल आइपुग्ने संघले जनाएको छ। उनी अगस्टसम्म नेपालमा रहने छन्।
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभिभी) को सहयोगमा जान डी नेपाल आउन राजी भएका हुन्। उनको खाना र बस्नका लागि राखेपले सहयोग गर्ने छ भने यातायातलगायतको सुविधा संघले बेहोर्ने बताइएको छ।
६४ वर्षीय जान डी बेल्जियमका पूर्वराष्ट्रिय खेलाडी हुन्। उनले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन्।