भलिबल

काभा पुरुष भलिबलका लागि नेपाली टिमको घोषणा

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म हुने प्रतियोगिताका लागि नेपाल भलिबल संघले १२ सदस्यीय टिम घोषणा गरेको हो।

नेपाली टिमा ५ खेलाडी परिवर्तन भएको छ, जसमा ३ नयाँ अनुहार छन्। सफल विक, हेमन्तबहादुर मल्ल र भिम गाहामगरले पहिलोले पहिलो पटक टिममा स्थान बनाएका छन्। यसतै, रोविन चन्दले टिममा पुनरागमन गरेका छन् ।

पछिल्लो पटक नेपालले २०७८ मंसिर बंगलादेशमा एसियन पुरुष सेन्ट्रल जोन खेल्दा टिममा रहेका १२ मध्ये ७ खेलाडी मात्र अहिले टिममा छन् ।

भलिबल संघले खुल्ला छनोटमार्फत यसअघि १८ जना खेलाडी छनोट गरेको थियो । त्यसैबाट अन्तिम टोली घोषणा भएको हो।

काभा नेसन्स लिगमा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजखस्तान, इरान र तुर्किमिनेस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिमको प्रशिक्षकमा जगदिश भट्ट छन्।

नेपाली टिम : हरिहजुर थापा, लोकेन्द्र राज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल, भीमबहादुर गाहामगर।