महिला भलिबल टिमले प्रशिक्षण आइतबारबाट

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टिमले आइतबारबाट तयारी थाल्ने भएको छ । बंगलादेशमा डिसेम्बरमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि महिला टिमको प्रशिक्षका आइतबारबाट सुरु हुन लागेको हो।

नेपाल भलिबल संघको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने निर्णय गरेको हो। बन्द प्रशिक्षणमा २० खेलाडी सहभागी हुने छन्। जसमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ र नेपाल पुलिस क्लबका तीन खेलाडी छन्।

थपिएका तीन खेलाडीमा कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ छन्। यी तीनै खेलाडी नेपाल प्रहरीको आन्तरिक तालिमका कारण एसियन च्याम्पियनसिपको टिममा भने थिएनन्।

महिला टिमको प्रशिक्षकमा जगदिश भट्ट र भरत यादव छन् भने व्यवस्थापकमा ज्योति केसी छन् ।

नेपाली महिला भलिबल टिम ः प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ

Facebook Comments Box