भलिबलको व्यवसायिकता र संस्थागत विकासका लागि मेराे उम्मेदवारी : मास्के

Read Time:3 मिनेट

नेपाल भलिबल संघको अध्यक्षमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघ मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन्।

मास्के वर्तमान उपाध्यक्ष मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । भलिबल संघको नयाँ कार्यसमिति चयनका लागि भदौ २२ गते निर्वाचन हुँदैछ।

नेपाली भलिबलमा सुशासन, जनसहभागिता र व्यवसायीकता भन्ने नाराका मास्केले अध्यक्षमा उम्मेदवार।ी घोषणा गरेकी हुन्। उनले भलिबलको विकास र विस्तारका लागि समन्वय, सहकार्य, साझेदारी, संस्थागत सुदृढिकरण र सदस्या वृद्धि जस्ता एजेण्डालाई अगाडि सारेकी छिन् ।

कार्यक्रममा मास्केले भलिबल विकासका पाँच पमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधार नै आफ्नो मुख्य एजेन्डा रहेको बताइन्। मास्केले उनले नेपाली भलिबलको व्यवसायीकता र संस्थागत विकासका लागि नेतृत्वमा दाबी गरेको बतान्।

‘संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिवलको विकाससँग जोड्ने छु,’ उम्मेदवारी घोषणा गर्दै मास्केले भनिन्, ‘भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जाड्ने प्रयास गर्नेछु।’

मास्कले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौंसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासनलाई व्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु दानबहादुर तामाङ, गंगाबहादुर थापा, प्रकाश थपलिया तथा सुदुरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह, प्रदेश एकका खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित संघका पदाधिकारीले मास्केलाई उम्मेदवारीका लागि शुभकामना दिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बंगलादेश रोकियो नेपाल, बंगालादेश फाइनलमा, नेपालको सम्भावना क्षीण
Next post महिला टिमको बन्द प्रशिक्षणबाट बाहिरिए २३ खेलाडी
Close