अफगानी महिला भलिबल खेलाडीको घाँटी रेटेर हत्या

Read Time:1 Minute

अफगानिस्तानको जुनियर राष्ट्रिय महिला भलिबल टिमकी एक सदस्यको घाँटी रेटेर हत्या गरिएको छ। अफगान भलिबल खेलाडी महजवीन हाकिमीको अक्टोबर पहिलो साता नै घाँटी रेटेर हत्या भएको बताएको छ।

तालिवानले महजवीनको हत्या गरेको बताइएको छ। अफगानिस्तानमा तालिवानको सत्ता आउने बित्तिकै यस्तो पशुवत् व्यवहार देखिएको हो। तालिवान लडाकुले यस विषयमा कसैसँग कुरा नगर्न परिवारलाई धम्की दिएका कारण सबै कुरा बाहिर नआएको उनले बताएका छन्।

यसअघि अशरफ घानी सरकारको पालामा महजवीनले काबुल नगरपालिका भलिबल क्लबमा अनुबन्धित भएर खेलेकी थिइन्। उनी क्लबको स्टार खेलाडी हुन्।

महजवीन अफगानिस्तानको हजारा जातिसँग आवद्ध थिइन्। हजारा अफगानिस्तानको अल्पसंख्यक जातिमा पर्छ। सुन्नी मुसलमानहरूको बाहूल्य रहेको अफगानिस्तानमा १० प्रतिशत मुसलमान शिया र बाँकी हजारा छन्। तालिवान र इस्लामिक स्टेट सुन्नी हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेयर कप भेट्रान्स फुटबल शनिबारबाट, उद्घाटन खेलमा आर्मी र फेलोसिप भिड्ने
Next post इटालीको जुनियर टिममा खेलेका विकास च्यासलमा अनुबन्धित
Close