१२ वर्षपछि फ्रान्स फाइनलमा

बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स १२ वर्ष पछि रुसमा जारी २१ औं विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
खेलको ५१ औं मिनेटमा हेड गोल गर्दै स्यामुअल उमटीटीले फ्रान्सलाई जित दिलाए । एन्टोइन ग्रिज्मनको कर्नरमा हेडरमार्फत गोल गर्दै उनले टोलीको जित पक्का गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित रहेपनि दुवै टोलीले पाएको अवसर गुमाएका थिए । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गर्दा बेल्जियमले अग्रता लिन बन्चित भएको थियो ।

बेल्जियमले गोलका केही सुन्दर अवसर पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल खेल्ने बेल्जियमको समपना अधुरै रह्यो ।

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यसअघि सन् २००६ मा पनि फाइनल पुगेको थियो । सन् १९९८ को फाइनलमा ब्राजिललाई पराजित गरेको फ्रान्स २००६ मा भने इटालीसँग पराजित भएको थियो । फ्रान्सले अब जुलाई १५ मा हुने फाइनलमा इंग्ल्यान्ड र क्रोएसियाको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP