ब्राजिललाई बेल्जियमको चुनौति

रुसमा जारी विश्वकपको दोस्रो क्वार्टरफाइलन खेलमा शुक्रबार राति पाँचपटकको विश्व विजेता ब्राजिल र अहिले उत्कृष्ट लयमा रहेको बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ । उपाधि दाबेदार ब्राजिलका लागि बेल्जियमलाई प्रतियोगिताकै सबैभन्दा कठिन प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ ।

नेमार, मार्सेलो, कान्टिन्हो, थिएगो सिल्भालगायतका स्टार खेलाडीले भरिएको ब्राजिल र इडेन हजार्ड, केभिन ड ब्रुन, रोमेलु लुकाकु, थियउट कुटुवालगायत स्टार खेलाडी भएको बेल्जियमबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा फुटबल पण्डितहरुले गरेका छन् ।

युरोपियन पावरहाउस बेल्जियम २०१६ को अगस्टमा स्पेनसँग पराजित भएयता २३ खेलमा अपराजित रहेकाले उसलाई रोक्न ब्राजिललाई रोक्न किनै मुस्किल पर्न सक्छ । विश्व फुटबलमा सधँै बलियो टिमका रूपमा रहेको बेल्जियम विश्वकप तथा युरोकपमा भने सधँै चुकिरहेको छ । समूहचरणमा सनसनीपूर्ण नतिजा निकाल्ने र नकआउटमा गएपछि फितलो प्रदर्शन दोहोर्‍याउने टिमको छवि बनाएकाले योपटक त्यो छविलाई मेटाउने प्रयासमा हुने छ बेल्जियम ।

विश्वकपको अन्तिम आठसम्मको यात्रामा ब्राजिलले समूहचरणमा स्विट्जरल्यान्डसँग बराबरी खेल्नुबाहेक अन्य खेलमा जित निकालेको छ । त्यसैले ब्राजिल आत्मविश्वासी छ । तर, ठूला टिमविरुद्ध प्रतिस्पर्धा नभएकाले ब्राजिलका लागि बेल्जियमविरुद्धको खेल विश्वकपकै सबैभन्दा कठिन खेल हुने अनुमान गरिएको छ । त्यसैले ब्राजिल बेल्जियमविरुद्ध मैदानमा उन्त्रँदा संयमित हुनेछ ।

आफ्ना स्टार खेलाडीह उच्च फर्ममा रहेकाले ब्राजिलले बेल्जियमलाई स्वभाविक रूपमा दबाब दिन सक्छ । त्यस्तै बेल्जियमका रोमेलु लुकाकु, इडन हर्जाड, केभिन डे ब्रुुन पनि ब्राजिललाई दबाब दिन सक्छन् ।

ब्राजिल र बेल्जियम २००२ को विश्वकपपछि पहिलो पटक भिड्नका लागेका हुन् । बेल्जियमले १९६३ यता ब्राजिललाई हराउन सकेको छैन । १९६३ मा बेल्जियम ५–१ ले विजयी भएको थियो । त्यसपछिका तिनै खेलमा ब्राजिल हावी भएको छ ।
तथ्यांकमा ब्राजिल बलियो भए पनि अहिलेको बेज्लियम टिम उत्कृष्ट छ । त्यसैले दुई उत्कृष्ट टिमबीचको भीडन्त निकै रोमाञ्चक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP