कस्तो छ जर्मनीको नकआउट प्रवेशको समीकरण ?

विश्वकप २०१८ को पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको जर्मनी स्विडेनविरुद्धको खेलमा ‘डु अर डाई’को अवस्थामा थियो । पहिलो खेलमा कोरियाविरुद्ध हासिल गरेको जितको आत्मविश्वास बोकेर आएको स्विडेन र अप्रत्यासित पराजयको दबाब बोकेर आएको जर्मनीबिचको खेल रोमाञ्चक रह्यो । सुरुवातदेखी नै जर्मनीले खेल आफ्नो कब्जामा राख्न सफल भएतापनि ३२औं मिनेटमा ओला तोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाए ।

दास्रो हाफको तेस्रो मिनेटमा मार्को रियुसले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । तर, त्यसपछि जर्मनीका एकपछि अर्को प्रहार स्विडेनका गोलकिपर र डिफेन्सले विफल बनाइरहे । दुईवटा पहेँलो कार्ड पाएर ८२औं मिनेटमा जेरोमी बोटेङ बाहिरिएपछि १० खेलाडिमा सिमित जर्मनीलाई खेलको उत्तरार्धमा स्विडेनले दवाबमा राख्यो । इन्जुरी टाइमको अन्तिम मिनेटमा डिबक्सभन्दा थोरै बाहिर पाएको फ्रिकिकलाई मार्को रिउससँगको सहकार्यमा टोनी क्रुसले सिधै गोल गरेपछि जर्मनीले विश्वकपमा आफ्नो सम्भावना कायम राख्यो ।

यसपटकको विश्वकपमा खेलको सुरुवातमा पछाडि परेर अन्त्यमा जीत हासिल गरेको यो केवल दोस्रोपटक हो । यसअघि स्विजरल्यान्डले पनि सर्बियाविरुद्धको खेलमा १–० को अवस्थालाई उल्ट्याउँदै २–१ ले खेल जितेको थियो ।

नकआउट चरण प्रवेशको सम्भावना र समिकरण
समूह ‘एफ’ मा जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेका छन् । दुई खेलमा दुवै जित हात पारेको मेक्सिको बाहिरिने केबल एउटा दुर्लभ गणितिय समिकरण बाँकी छ भने दुवै खेल हारेको दक्षिण कोरियाको पनि एउटा मात्र गणितिय समिकरणमा नाकआउट प्रवेशको सम्भावना जिवित छ । दुई खेलमध्ये एक खेलमा जित र एकमा हार बेहोरेका जर्मनी र स्विडेनको नकआउट चरण प्रवेशको टुंगो अन्तिम खेलको नतिजामा भर पर्नेछ ।

  • स्विडेनविरुद्ध मेक्सिको विजयी हुँदा :
    • जर्मनीले दक्षिण कोरियालाई पराजित गरेमा ६ अंकसहित उपविजेताका रुपमा दोस्रो चरण पुग्ने छ ।
    • जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिएमा पनि जर्मनी ४ अंकसहित उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्ने छ ।
    • जर्मनी दक्षिण कोरीयासँग पराजित भएमा स्विडेन, जर्मनी र कोरिया सबैको समान ३–३ अंक हुनेछ । त्यसपछि अन्तिम १६ प्रवेशको टुंगो समूह चरणमा गरेको कूल गोल संख्या, ‘हेड टु हेड’ र गोलअन्तरका आधारमा लगाइने छ ।
      • यदि जर्मनी १ गोलअन्तरले मात्र पराजित हुँदा स्विडेन २ वा बढी गोलअन्तरले पराजित भएमा जर्मनी अन्तिम १६ मा प्रवेश गर्नेछ ।
      • यदि जर्मनी र स्विडेन समान १ गोलअन्तरले पराजित भएमा जर्मनी ‘हेड टु हेड’का आधारमा अन्तिम १६ मा प्रवेश गर्ने छ ।
      • यदि स्विडेनभन्दा ३ वा बढी गोलअन्तरले जर्मनी पराजित भएमा दक्षिण कोरियासँगको ‘हेड टु हेड’का आधारमा स्विडेन अन्तिम १६ मा प्रवेश गर्नेछ ।
      • यदी तीन देशमध्ये दक्षिण कोरियाको गोलअन्तर कूल गोल संख्या सबैभन्दा बढी भएमा दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गर्नेछ ।
  • स्विडेन र मेक्सिको बराबरीमा रोकिँदा :
    • जर्मनीले दक्षिण कोरियालाई पराजित गरेमा ६ अंकसहित उपविजेताका रुपमा दोस्रो चरण पुग्ने छ ।
    • जर्मनी दक्षिण कोरियासँग पराजित भएमा स्विडेन ४ अंकसहित उपविजेताका रुपमा दोस्रो चरण पुग्ने छ ।
    • जर्मनी दक्षिण कोरीयासँग बराबरीमा रोकिएमा स्विडेन र जर्मनीको समान ४–४ अंक हुनेछ र गोलअन्तर पनि बराबर भएमा तिन खेलमा गरेको कूल गोल संख्याका आधारमा निर्णय हुनेछ । त्यो पनि बराबर भएमा ‘हेड टु हेड’का आधारमा जर्मनी अन्तिम १६ मा प्रवेश गर्नेछ ।
  • स्विडेनले मेक्सिकोलाई पराजित गर्दा :
    • जर्मनी दक्षिण कोरियाविरुद्ध विजयी भएमा मेक्सिको, स्विडेन र जर्मनीको समान ६–६ अंक हुनेछ ।
      • मेक्सिको २ वा कम गोलअन्तरका आधारमा पराजित भएमा मेक्सिको र जर्मनी अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
      • मेक्सिको ३ वा बढी गोल अन्तरले पराजित भएमा जर्मनी र स्विडेन अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
    • जर्मनीलाई दक्षिण कोरियाले बराबरीमा रोकेमा स्विडेन नकआउट चरण पुग्ने छ ।
    • जर्मनीलाई दक्षिण कोरियाले पराजित गरेमा स्विडेन नकआउट चरणमा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP