फाइनल पुगेर उपाधि नजित्ने अभागी टिम

२१ औं विश्वकप रुसमा जारी छ । फुटबलको यस महाकुम्भमा विश्वका ३२ देश उपाधिका लागि भिडिरहेका छन् । यी मध्ये एक टिम मात्र विजेता बन्ने छ ।

अहिलेसम्म भएका २० वटा विश्वकपमा ८ देशले मात्र उपाधि जितेका छन् । तर, केही देश यस्ता छन् जो फाइनल पुगेर पनि विश्वकपको उपाधि जित्न असफल छन् । अहिलेसम्म विश्वकपको इतिहास हेर्दा ४ देश यस्ता अभागी देश हुन् जसले विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेनन् ।

ती अभागी देश हुन्, नेदरल्यान्डस्, हंगेरी, चेकोस्लाभाकिया (हाल चेक र स्लोभाकिया) र स्विडेन । यी मध्ये नेदरल्यान्डस तीन पटक फाइनल पुगेर पनि विश्वकप जित्न सकेको छैन । त्यस्तै हंगेरी र चेकस्लोभाकिया २–२ पटक विश्वकपको फाइनल पुगेका छन् भने स्विडेन एक पटक विश्वकप फाइनलमा पुगेको छ । त उनीहरुले पनि उपाधि जित्न सकेनन् ।

नेदरल्यान्डस् सन् १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनलमा पुगेको थियो । सन १९७४ मा पश्चिम जर्मनीसँग नेदरल्यान्डस् २–१ ले पराजित भएको थियो भने सन् १९७८ मा आयोजक अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । त्यस्तै २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनसँग अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित हुँदै तेस्रो पटक विश्वकप उपाधि जित्न असफल भएको थियो । तीन पटक विश्वकप फाइनलमा पुगेको नेदरल्याण्डस यस पटक रसिया विश्वकपमा भने छनौट हुन सकेन ।

त्यसैगरी हंगेरी दुई पटक विश्वकपको फाइनलमा पुगेको छ । सन् १९३८ र १९५४ मा फाइनलमा पुगेको हंगेरी १९३८ मा इटालीसँग ४–२ ले १९५४ मा पश्चिम जर्मनीसँग ३–२ ले पराजित भएपछि हंगेरीको विश्वकप उपाधि जित्ने सपना
अधुरै रह्यो ।

त्यस्तै तत्कालिन चेकोस्लोभाकिया सन् १९३४ र १९६२ गरि दुई पटक विश्वकपको फाइनलमा पुगेको थियो । सन १९३४ मा इटालीमा भएको विश्वकपमा इटालीसँगै फाइनलमा २(१ ले पराजित भएको थियो भने सन १९६२ मा चिलीमा भएको विश्वकपमा ब्राजिलसँग ३(१ ले पराजित भएको थियो । १९२० देखि १९९२ सम्म चेकोस्लोभाकिया देश रहेपनि सन १९९२ पछि फुटेर चेक र स्लोभाकिया देश बनेपछि दुई देशको फिफामा अलग अलग प्रतिनिधित्व हुदै आएको छ ।

त्यस्तै स्विडेन सन् १९५८ मा विश्वकपको फाइनलमा पुगेको थियो । आफ्नै देशमा भएको सो विश्वकपमा स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ गोल अन्तरले पराजित हुदै उपाधि जित्न असफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP