नेपाल र म्यानमार भीड्दै, गल्ती सुधार गर्ने अवसर

23 Feb, 2025
Share:
117 Shares

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज लिगका अन्तिम खेल हुँदैछ।

जसमा लेवनान र कीर्तिस्तान तथा नेपाल र म्यानमार भीड्दै छन्। लेवनान र कीर्गिस्तानको खेल दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ भने नेपाल र लेवनानबीचको खेल साँझ ६ बजे हुनेछ।

फाइनल पुग्ने टिमको टुंगो लागिसकेकाले आजको खेल त्यतिधेरै महत्वपूर्ण भने छैनन्।

लागतार दुई जितसहित नेपाल र म्यानमार फाइनल पुगिसकेका छन्। आजको खेल नेपाल र म्यानमार दुवैका लागि फाइनलको तयारी हुनेछ।

यसयघिका दुई खेलमा नेपालले लेवनान र कीर्गिस्तान दुवैलाई समान १–०ले हराएको थियो। यता, म्यानमारले लेवनानलाई ३–१ र कीर्गिस्तानलाई ५–०ले हराएको थियो।

जारी प्रतियोगितामा म्यानमार सबैभन्दा बलियो टिम हो। उसको प्रदर्शनले पनि त्यही भन्छ।

नेपालको प्रदर्शन पनि राम्रो छ, तर नेपालले फिनिसिङमा भने सुधार गर्नुपर्ने देखिन्छ। नेपालका स्ट्राइकरहरू दुवै खेलमा गोलका लागि संघर्षरत देखिए। नेपालले पहिलो खेलको तुलनामा दोस्रो खेलमा प्रदर्शनमा निकै सुधार गरेपनि फिनिसिङ भने उस्तै देखिएको थियो।

लगातार तेस्रो जितसहित फाइनल पुग्ने हो भने नेपालले आज अघिल्ला दुईमा फिनिसिङमा गरेको गल्ती दोहो¥याउनु हुनेछैन। यस्तै, म्यानमारको फ्रन्ट लाइन सशक्त देखिएकाले नेपालको डिफेन्स पनि चनाखो हुनुपर्ने आवश्यकता छ।

खेल प्रतिस्पर्धात्क हुने अपेक्षा छ। यो खेल दुवै टिमका लागि फाइनलअघि गल्ती सुधार गर्ने अवसरमा रुपमा रहनेछ।